१४ पुष २०८१, आईतवार

बीमा संस्थान अब पब्लिक कम्पनी


राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो ।

संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो ।

सभाले कम्पनीमा लाने निर्णय गर्ने र प्रवन्ध-पत्र र नियमावली स्वीकृत गर्ने कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समेत निर्णय गर्ने जनाएको छ ।