७ पुष २०८१, आईतवार

गृहमन्त्रीको अगाडी मुख्यमन्त्रीको शिकायत: दिउँसै मेरो गोजीबाट ५० हजार हरायो


नेपालमा चोरको बिगबिगी किन बढेको छ ? पत्याउनुहुन्छ, यहाँ प्रदेशका मुख्यमन्त्रीकै पकेटबाट रातीमा होइन दिनमा नै पैसा चोरी भएको छ ।

जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाम समुद्घाटन समारोहमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै अगाडि मधेश प्रदेशका सरोजकुमार मुख्यमन्त्री यादवले आफनै खल्तीबाट ५० हजार हराएको बताए ।

‘अस्ती पार्टी अध्यक्ष उपेन्द्र यादवको विजयी जुलुसमा जाँदा पनि खल्तीबाट पैसा गायव भयो,’ उनले भने ‘सुरक्षा घेरा बिचमा रहने मुख्यमन्त्रीकै गोजीबाट दिउँसै पैसा गायव हुनुले संघीय सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।’ मधेसमा बढिरहेको भ्रष्टाचार, डकैती, चोरी, अपराधसहित हुने घटनाको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने उनको भनाइ थियो ।