९ पुष २०८१, मंगलवार

आजदेखि नयाँ ब्याजदर लागू, बचत गर्दा यी ३ बैंकले ११ % बढी ब्याज दिने


बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज कात्तिक १ गतेदेखि लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले असोज मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए ।

असोजको तुलनामा कात्तिकमा अधिकांश बैंकहरुको ब्याजदर घटेको देखिन्छ । १० वटा वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकमा छ भने १० बैंकको एकल अंकमा छ ।

कात्तिकमा निक्षेप जम्मा गर्दा सबैभन्दा धेरै ब्याज एनआईसी एशिया बैंक, हिमालयन बैंक र एनएमबि बैंकले प्रदान गर्ने छन् । कात्तिकमा यी तीन बैंकले सबैभन्दा धेरै ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, प्राइम बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत प्रदान गर्ने छ भने नेपाल एसबिआई बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, लक्ष्मी सनराइज बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकले कात्तिकमा निक्षेप जम्मा गर्दा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर प्रदान गर्ने छन् ।

यस्तै, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत र कृषि विकास बैंकले ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, एभरेष्ट बैंक, प्रभु बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्यक्तिलाई ९.२२४ प्रतिशत र संस्थागतलाई ७.२२४ प्रतिशत ब्याज प्रदान गर्ने छन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजद तोकेको छ ।