७ पुष २०८१, आईतवार

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट: सबैले पाउँछन् १० कित्ता


ipo

काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।

बिहान १० बजे कम्पनीको आईपीओ  बाँडफाँट गर्ने तयारी छ  ।

कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । को आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
यस हिसावले हेर्दा सबैले १० कित्ताका दरले सेयर पाउने र करिब केहि आवेदकले २० कित्ताका दरले थप सेयर पाउने भएका छन् ।