नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने जनाएको छ ।
यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
के हो ऋणपत्र?
ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।