१० पुष २०८१, बुधबार

भत्कियो गठबन्धन, अब नयाँ सरकार बन्दै


सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्।
मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।
सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्।
बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्।
रास्वपाबाट रवि लामिछाने गृहमन्त्री बन्ने लगभग पक्कापक्की छ।
एमालेबाट पदम गिरि जाने भएका छन। अन्यको टुङ्गो लाग्नै बाँकी छ।