१० आश्विन २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो


शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन सुन प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको छ भने अघिल्लो दिन यसको मूल्य २ लाख ९९ हजार १ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको भाउमा पनि तोलामा ३० रुपैयाँले कमी आएको छ। बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ४ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।