९ पुष २०८१, मंगलवार

प्रचण्डले गृहमन्त्री लामिछानेलाई भनेका थिए- ‘कैलाश सिरोहियालाई अहिल्यै समात्नतर्फ नलाग्नू’


कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार हुन लागेका छन् ।

उनलाई प्रहरीले कान्तिपुरको हेड अफिसमै पुगेर पक्राउ गर्न लागेका हुन् ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सिरोहियालाई पक्राउ नगर्न भनेका थिए ।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रचण्डले रविलाई अहिल्यै नै समात्ने प्रपन्चतिर नलाग्न भनेका हुन् ।

धनुषा जिल्ला अदालतले मंगलबार कान्तिपुरका अध्यक्ष सिरोहियालाई नागरिकताबारे पक्राउ पुर्जी जारी गरेको थियो।

सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको हो ।

उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाएको छ । पुर्जी दिइसकेपछि उनलाई अब कान्तिपुरको कार्यालयबाट निकालिँदै छ ।

उनले यो विषयमा सर्वोच्च गइसकेका छन् ।

उनले निवेदनमागृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् । रिट निवेदन लिएर उनी आफैं सर्वोच्च अदालत पुगेका थिए । रिट निवेदन अदालतमा पेश भएपछि दर्ता भइसकेको छैन