७ पुष २०८१, आईतवार

कार्यपालिकाबाट पास भयो बजेट: केहीबेरमा अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने


सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ ।

मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेको छ । अब केहीबेरमा संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् ।
नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरण छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेकाले आजको संसद बैठकमा सौहाद्रपूर्ण वातावरणमा सञ्चालन हुने नेताहरुले बताएका छन् ।

झन्डै १९ खर्ब हाराहारीको बजेट आउने नेताहरुको दाबी रहेको छ ।