गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ।
बाढी र पहिरोका कारण काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८८ जनाको मृत्यु भएको हो।
त्यसैगरी, विभिन्न प्रदेशमा घाइते भएका १०६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ। घाइतेहरूमा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन्।
यस अवधिमा बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका ४१ जना कोशी प्रदेशका र १२ जना गण्डकी प्रदेशका हुन्। बाढी र पहिरोका कारण ६ जना बेपत्ता भएका छन्, जसमा २ जना कोशी प्रदेशका, २ जना बागमती प्रदेशका, १ जना गण्डकी प्रदेशका र १ जना सुदूरपश्चिम प्रदेशका रहेका छन्। बेपत्ताको खोजी कार्य जारी छ।