नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आगामी संसद बैठकमा थप खुलासा गर्ने बताएका छन् ।
यसको पृष्ठभूमि र सम्बन्धितहरूको क्रियाकलापबारे आफू जानकार रहेको भन्दै उनले जेठ ४ गते बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे बोल्ने बताएका हुन् । आजको बैठकमा बोल्दै ओलीले फरार रहेका टोपबहादुर रायमाझीको भने घुमाउरो भाषामा बचाउ गरे ।
२०-२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गरे ।
‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ,’ ओलीले भने, ‘आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ ।’
सोझै पैसा समाउनेलाई छाड्ने तर एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गर्ने किन गरिएको होला ? प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यही भएर सोझै अदालतमा उपस्थित हुने भन्नुभयो ।