काठमाडौँ । प्रदेश ४ अर्थात गण्डकी प्रदेशमा २ वटा मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाइएको छ ।
गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ मन्त्रालय मात्र थियो ।
तर अहिले फेरी २ वटा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनका अनुसार आइतबार बसेको मन्त्री परिषद बैठकले वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयलाई वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालय बनाउने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्राएर सामाजिक विकास र स्वास्थ्य गरेर छुट्टाछुट्टै मन्त्रालय बनाउने निर्णय गरेको मुख्यमन्त्री पाण्डेले बताए ।