७ पुष २०८१, आईतवार

आइतबार प्रहरीको वयानमा लामिछानेले भने: म सहकारीको हिस्सेदार होइन, कुनै रकम पनि लिएको छैन


पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग वयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछानेसंग बयान लिएको हो ।

लामिछानेले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।

बयानका क्रममा लामिछानेले सहकारीको कुनै रकम नलिएको र त्यसको आफू हिस्सेदार नरहेको बताएका छन् ।

तर  सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्ककको क्रिएटिभ डाइरेक्टर थिए । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो ।