७ पुष २०८१, आईतवार

सत्ता गठबन्धनको निशानामा ‘रास्वपा’; उपसभामुखलाई पदबाट हटाउने तयारी तीव्र


सत्तारुढ गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभामुख इन्दिरा राना मगरलाई मार्गप्रशस्त गर्नपर्ने निष्कर्ष निकालेको छ।

हिजो साँझ बसेको गठबन्धनको बैठकमा उनले गर्न नमिल्ने काम गर्न खोजेको तथा उनले गरेको काम गम्भीर प्रकृतिको भएको भन्दै उनको बारेमा छलफल भएको थियो।

महाभियोग लगाउने भन्ने विषय बाहिर आएपछि रास्वपाले छलफल सुरु गरेको छ। रास्वपाका एक नेताले आफूहरुलाई यो विषय पहिल्यै थाहा भएको जानकारी दिए।

उपसभामुखलाई हटाउँदा संवैधानिक परिषदमा सत्ता गठबन्धनको अनुकुल चल्न पाइने भएका कारण पनि महाभियोग लगाउन खोजिएको नेताहरुले बनाएका छन् ।

भएको के थियो?

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) २०७९ को फागुन २२ देखि चैत ३ सम्म अमेरिकाको न्युयोर्कमा भएको थियो ।
यो कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै सम्बन्ध नभएका चार पुरुष र एक महिलालाई लैजान प्रक्रिया बढाएकी थिइन् ।

आफूसँगै पाँच जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन् ।