प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’बीच विवाद बढिरहेका बेला सरकारले महानगरका प्रमुख प्रशासकीय अधिकृत हटाएको छ ।
सरकारले ४० सहसचिवको सरुवा गर्दा काठमाडौँमा पनि फरक भएको हो।
महानगरका प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै काठमाडौं महानगरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईँलाई पठाइएको छ ।
गत ५ माघमा परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका थिए ।