९ पुष २०८१, मंगलवार

‘छक्का पञ्जा–५’को एक साताको कमाई कति?


चलचित्र ‘छक्का पञ्जा–५’ले  निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ गरेको हो ।

गत बिहीबार अथवा फूलपातीका दिनदेखि यो चलचित्र रिलिज भएको थियो । ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ । दीपककै कथा, पटकथा र संवाद रहेको फिल्म कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ ।

फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखकलगायतले पनि अभिनय गरेका छन् ।