७ पुष २०८१, आईतवार

रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति


कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज न्यायाधीश चन्द्कान्त पौडेलको एकल इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यसअघि गत आइतबार सभापति लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । उनीमाथि सहकारीको बचत हिनामिना र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।