७ पुष २०८१, आईतवार

विद्युतका हाकिमलाई सरकारले दोस्रोपटक सोध्यो ६ बुंदे स्पष्टीकरण


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रोपटक पनि स्पष्टीकरण मागेको छ।

यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको मन्त्रालयले फेरि ६ बुँदे स्पष्टीकरण माग गरेको हो ।यही कात्तिक १३ गते ऊर्जा सचिव सुरेश आचार्यले बिदा बाहेक सातदिनको म्याद दिएर घिसिङलाई स्पष्टीकरण पत्र पठाएका थिए ।

१३ गते पत्र पठाए पनि १५ देखि १९ गतेसम्म तिहार बिदा भयो । २२ गते छठको बिदा पर्‍यो । त्यही कारण सरकारले पठाएको पत्रको जवाफ पठाउने अन्तिम दिन आज हो । हालसम्म घिसिङले यसको जवाफ नपठाएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यसमा खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साथ दिएका छन् । त्यहीकारण आइतबार मन्त्रिपरिषदले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।