सहकारी ठगीको विषयलाई लिएर नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ संग केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ ।
ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ ।
उनीमाथि झन्डै ४ घण्टा वयान लिइएको हो ।
वयानका क्रममा उनले आफूले कतै पनि सहकारी ठगी नगरेको बताएका छन् ।
सीआईबीका अनुसन्धान अधिकृतहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले आफूले सहकारीको रकम अपचलन गरेको जिकिर गरेका छन् । बरु आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उनले बताएका छन् ।
वयानका क्रममा उनले श्रीमतीसंग सम्बन्ध नराम्रो भएका कारण २०७६ सालमा नै डिभोर्स भएको र आफूहरुको डिभोर्स नक्कली नभएको प्रहरी स्रोतले बताएको छ ।