७ पुष २०८१, आईतवार

दुर्गा प्रसाई पक्राउ


दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।

गत असोज ६ गते पनि साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको थियो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार दुइटा जाहेरी परेको थियो।