७ पुष २०८१, आईतवार

एलआइसी नेपालको हकप्रदमा आजदेखि आवेदन दिन सकिने


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको हकप्रद शेयर आजेदखि विक्री खुला भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।