काठमाडौँ । गढीमाई मेलाको अवसरमा मधेश प्रदेश सरकारले आगामी मङ्सिर २३ गते आइतबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मंसिर १ देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गतेसम्म चल्नेछ।