७ पुष २०८१, आईतवार

रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु


ACCIDENT

रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धन्सार पुल नजिकैको  बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । साे गाडी निजगढबाट चपुरतर्फ आउँदै थियाे ।

दुर्घटनाका मृतकहरू सबै  सिरहाको अर्नमा गाउँपालिकाकाे रहेकाे बुझिएकाे छ । प्रहरीका अनुसार  बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका-५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादवकाे मृत्यु भएकाे हाे।

उनीहरूको हाइवे ट्रम्मा अस्पताल र वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।