७ पुष २०८१, आईतवार

अयोग्यलाई २ लाख बाँड्ने प्रचण्डको निर्णयमा सर्वोच्च बन्यो बाधक, निर्णय कार्यान्वयन नगर्न आदेश


काठमाडौँ । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही २ लाख बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेश दिने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको यो निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट हालेका थिए ।