२८ फाल्गुन २०८१, बुधबार

टोखामा प्रहरीले गोली हानेर पक्राउ गरेको गुड्डु पटेल: मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर


काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको   हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले पटेललाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको छ।

पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका गार्मेन्ट फ्याक्ट्री सञ्चालक लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन्।

उनको दाहिने घुँडामा दुई गोली लागेको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिन सुरूमा दुई राउन्ड हवाई फायर गरेको थियो।

२०७९ असोज ३ गते साँझ सर्लाहीका व्यापारी मोहम्मदको गोठाटारमा गोली प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न मुख्य सुटरमध्ये भारतीय नागरिक पटेल रहेको प्रहरीले जनाएको छ।