७ बैशाख २०८२, शनिबार

सरकार ढल्छ?


नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकार परिवर्तनको हल्लामा सत्यता नभएको जनाएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले सरकारको बचाउ गर्दै सहमतिअनुसार नै अगाडि बढ्ने जनाएको हो ।

प्रचण्डमा एक खालको कुण्ठा, एक खालको पीडाबोध प्रकट हुन्छ

एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बसेको सचिवालय बैठकमा सरकार समसामयिक राजनीतिलगायतका विषयमा छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार परिवर्तन हुने अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ तरंग आएको छ ।

एमालेले सरकार परिवर्तनको कुरा असान्दर्भिक हल्ला भनेको छ । बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तन अहिले कतैबाट सम्भव नभएको जनाएका छन् । ‘सरकार परिवर्तनको हल्लामा कुनै सत्यता छैन,’ उपमहासचिव ज्ञवालीले भने, ‘सरकारबाहिर रहँदा प्रचण्डमा एक खालको कुण्ठा, एक खालको पीडाबोध प्रकट हुन्छ, अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको सान्दर्भिकता छ ।’

राष्ट्रिय राजनीतिका यावत कुरा छोडेर सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आशक्ति, सत्ता मोहबाहेक अरू केही नभएको भन्दै उनले प्रचण्डको अभिव्यक्तिको खण्डन गरेका छन् । एमालेले प्रचण्डको अभिव्यक्तिको खण्ड गरे पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने यस विषयमा अझै मौन छन् । प्रचण्डले देउवासँग सरकार परिवर्तन र नयाँ गठबन्धनका ’boutमा छलफल गरेका बताइएको छ ।

प्रचण्डको दाबी र कांग्रेस नेताहरूले प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि पोखिरहेको सन्दर्भले सरकार हेरफेरको संकेत गरेको ’bout बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकार परिवर्तनको सम्भावना नभएको बताए । ‘त्यस्तो कुनै कसरत वा संकेत मैले थाहा पाएको छैन, तत्काल त्यो सम्भावना पनि छैन्,’ महतले भने ।

‘बेटर पर्फर्मेन्स’का लागि सरकारलाई भनिरहेको भन्दै ज्ञवालीले भने, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन्, सफल हुँदैनन् ।’

यस्तै, एमाले बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा केही मानिस राजनीतिक व्यवस्थालाई उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै सतर्क र सचेत रहन आमजनतालाई अपिल गरेको छ । एमालेले पूर्वराजा शाहले नयाँ वर्षको अवसरमा दिएको भिडियो सन्देशप्रति पनि आपत्ति जनाएको छ । शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकाल्दै राजतन्त्र पुनस्र्थापनाको प्रयासलाई अवाञ्छित र असफल भएको ठहर एमालेको छ ।

आइतबार एक भिडियो सन्देशमा पूर्वराजा शाहले तीनकुनेमा भएको हिंसात्मक घटनालाई जनतामा आएको जागरणका रूपमा वर्णन गरेका थिए । उनले भनेका थिए, ‘जनतामा नयाँ चेतना जागेको छ र यो देशका लागि सकारात्मक संकेत हो ।’ उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद वा तन्त्र नहुनेसमेत बताएका थिए । उनले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पुरानो शासन प्रणालीको महत्वको चर्चासमेत गरेका थिए ।

‘पूर्वराजा शाहको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो,’ ज्ञवालीले भने ।

तीनकुने घटनालाई जनताको जागरण भन्ने शाहको भनाइमा पनि एमालेले आपत्ति जनाएको छ । ‘१५ चैतको आपराधिक घटनालाई पूर्वराजा शाहले जनतामा आएको जागरणका रूपमा व्यक्त गर्नुभयो,’ एमाले उपमहासचिव ज्ञवालीले भने, ‘सर्वसाधारणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंस, उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो, त्यसो भएको हुनाले यस्ताखाले कुनै पनि क्रियाकलाप नगर्नका लागि हामीले उहाँलाई भनेका छौं ।’

यस्तै, एमालेले सात जना कम्युनिस्ट नेतालाई सम्मान गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

सम्मान गरिने व्यक्तित्वहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त जाजरकोट), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।

बैठकले तत्कालीन नेकपा माले र को–अर्डिनेसन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक ‘सेल्टर’ सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । पुस्तकमा तत्कालीन अवस्थामा पार्टी निर्माण गर्दा नेताले जनताको घरमा कसरी आश्रय लिए, पार्टी महाधिवेशन गर्ने त्यसबेलाको भूमिगत समयमा नेताहरूले कसरी काम गरे, कार्यकर्ताले कसरी नेताहरूलाई सुरक्षा दिए भन्ने सन्दर्भमा समेटिने बताइएको छ ।

सचिवालय बैठक चलिरहँदा पार्टी सचिव लेखराज भट्टले बैठकमा नेताहरूलाई लगाउन भन्दै प्रधानमन्त्री ओलीलाई सिस्नु थमाए । त्यसपछि ओलीले पार्टीका पदाधिकारीलाई सिस्नु लगाए । १ वैशाखमा मनाइने बिसु पर्वका अवसरमा सिस्नु लगाउने प्रचलन सुदूरपश्चिममा छ । बैठकमा सुदूरपश्चिमका नेता भट्टले यस पर्व’bout व्याख्या गर्दै सिस्नु लगाउन अध्यक्षलाई आग्रह गरेका थिए । त्यसपछि ओलीले नेताहरूलाई सिस्नु लगाएका थिए । राजधानी दैनिकमा खबर छ