३ असार २०८२, सोमबार

नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा, १० अर्ब रुपैयाँ ऋण लिइने


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको जनाएको छ।

शुक्रबार काठमाडौंमा श्वेत पत्र सार्वजनिक गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो बताएका हुन् ।
उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको फा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको बताएका हुन्।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ ।

यता  कुलमान घिसिङ्गले भने प्राधिकरण अर्बौं नाफामा रहेको बताउंदै आएका थिए ।

त्यस्तै उनले हाल प्राधिकरणसँग नगद मौज्दात नभएकाले १० अर्ब रुपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।