२९ जेष्ठ २०८२, मंगलवार

‘एफएटीएफ ग्रे लिष्ट’ हटाउने मेरो पहिलो लक्ष्य हो : नवनियुक्त गर्भनर पौडेल


नेपाल राष्ट्र बैंकका नवियुक्त गर्भनर प्रा.डा.विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि उनले यस्तो बताएका हुन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेक हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो

अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । शेरबहादुर देउवाको नेतृत्वमा २०७९ सालको चुनावअघि बनेको सरकारमा उनी आयोगको सदस्य भएका थिए ।

उनले यसअघि सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक तथा युलेन्स स्कुलको बोर्ड ट्रस्टीको सदस्यको रूपमा काम समेत गरेका छन् ।