२ असार २०८२, आईतवार

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएको हो ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालत बुटवलले धरौटीमा छोड्ने आदेश उल्टाउँदै पुर्पक्षमा पठाएपछि लामिछानेले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए ।