३० असार २०८२, आईतवार

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन


नेपालको निर्वाचन प्रणालीलाई पारदर्शी र मजबुत बनाउने अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी पूर्व निर्वाचन आयुक्त इला शर्माको असामयिक निधनले मुलुकले एक इमानदार सुधारक र कानुनी दृष्टा गुमाएको छ। शनिबार साँझ नर्भिक अस्पतालमा हृदयघातका कारण उनले अन्तिम सास फेरिन्।

निर्वाचन आयोगमा कार्यरत रहँदा उनले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय समितिको नेतृत्व गर्दै निर्वाचन प्रणालीमा ऐतिहासिक सुधार ल्याउन योगदान दिएकी थिइन्। पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको निर्देशकको रूपमा कार्यरत थिइन्।

उनको निधन केवल एउटा व्यक्तिको अन्त्य होइन, यो एक दृष्टिकोण, प्रतिबद्धता र सिद्धान्तको बिदाइ हो। उनको योगदानले भावी पुस्तालाई लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गर्न प्रेरणा दिनेछ।