२३ बैशाख २०८३, मंगलवार

काठमाडौँ जिल्ला अदालतका १ नम्बर न्यायाधीश उच्च अदालत जनकपुरका लागि सिफारिस


न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरू नियुक्तिका लागि सिफारिस गरेको छ।

आज (बिहीबार) बसेको परिषद्को बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो।

काठमाडौँ जिल्ला अदालतका एक नम्बर  न्यायाधीश कमलप्रसाद पोखरेललाई उच्च अदालत जनकपुरका लागि सिफारिस गरिएको छ।

त्यस्तै न्याय परिषदका सचिव यमबहादुर बुढामगर लाई उच्च अदालत सुर्खेत जुम्ला इजलासका लागि सिफारिस गरिएको छ ।