४ कार्तिक २०८२, आईतवार

अन्तरिम सरकारको प्रधानमन्त्री भएको एक हप्तामै भारतसँग फोनवार्ता


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग टेलिफोनमार्फत संवाद गरेका छन्।

सामाजिक सञ्जाल एक्स मा लेख्दै मोदीले कार्कीलाई हालैको दुःखद घटनाप्रति समवेदना प्रकट गरेका छन् र शान्ति तथा स्थिरता पुनर्स्थापित गर्ने प्रयासमा भारतको अटुट समर्थन रहने बताएका छन्। साथै उनले नेपालकै राष्ट्रिय दिवसको अवसरमा कार्की र नेपाली जनताप्रति शुभकामना प्रकट गरेका छन्।

दुवै नेताबीचको संवादमा जेन–जी आन्दोलनमा भएको जनधन क्षतिबारे पनि छलफल भएको जनाइएको छ। मोदीले संविधान दिवसको शुभकामना समेत दिँदै नेपालको लोकतान्त्रिक यात्रामा भारत निरन्तर साथ रहने आश्वासन प्रकट गरेका छन्।