नेपाली सुनचाँदी बजारमा सोमबार नाटकीय गिरावट देखिएको छ। विगत केही समयदेखि आकाशिएको सुनको मूल्यमा एकैदिन ६,५०० रुपैयाँको ठूलो गिरावट आएको छ।
सामान्यतया पश्चिम एसियामा जारी युद्ध र तनावका बेला सुनको भाउ बढ्ने अनुमान गरिए पनि पछिल्लो समय यसको विपरित प्रभाव देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको फेरबदल र विशेषगरी पश्चिम एसियामा जारी युद्धको पछिल्लो मोडले लगानीकर्ताहरूमा फरक मनोविज्ञान सिर्जना गरेको छ। जसका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको हो।
आइतबार प्रतितोला २ लाख ८२ हजारमा कारोबार भएको सुन सोमबार २ लाख ७५ हजार ५०० मा झरेपछि उपभोक्ताहरूमा भने केही राहतको आशा पलाएको छ। यद्यपि, बजारमा अझै पनि उतारचढाव कायमै रहने देखिएको छ।