राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय नेतृत्व चयनका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले चैत १२ गते दिउँसो ४ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बैठक आह्वान गरेका हुन्। बैठकमा केन्द्रीय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
पार्टीका प्रवक्ता मनिष झाले बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन गर्ने रहेको जानकारी दिएका छन्। सोही दिन संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको सपथग्रहण कार्यक्रम राखेकाले सपथपछि बैठक बस्ने तयारी गरिएको हो।
यसैबीच पार्टीभित्र अर्को राजनीतिक घटनाक्रम पनि अघि बढिरहेको छ। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको सपथ लिने तयारी रहेको स्रोतले जनाएको छ। यससँगै पार्टीभित्र नेतृत्व चयन र सरकार गठन सम्बन्धी प्रक्रिया तीव्र हुने देखिएको छ।