१५ चैत्र २०८२, शनिबार

च्यासलमा एमाले कार्यकर्ताद्वारा आयोग प्रतिवेदन दहन


केपी ओली पक्राउको विरोधमा नेकपा एमाले र निकट संगठनहरूले सडक प्रदर्शन चर्काएका छन्। जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै एमाले कार्यकर्ताहरूले शनिबार पार्टी कार्यालय च्यासल बाहिर उक्त प्रतिवेदन जलाएका हुन्।

उनीहरूले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाउँदै नाराबाजीसमेत गरेका थिए।

यस्तै, एमाले निकट अनेरास्ववियुले पनि काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गर्दै टायर बालेर विरोध जनाएको छ।

अध्यक्ष ओलीको रिहाइको माग गर्दै उनीहरूले पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन्।

राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै एमाले सचिवालयले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ।