२७ चैत्र २०८२, बिहीबार

काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार कैलाली जिल्ला अदालतको न्यायाधीशमा सिफारिस


न्याय परिषदको आज बसेको बैठकले मुलुकको न्यायिक प्रशासनलाई अझ प्रभावकारी बनाउन केही महत्त्वपूर्ण नियुक्ति र जिम्मेवारी हेरफेरको निर्णय गरेको छ परिषदका प्रवक्ता राम प्रसाद भट्टराईका अनुसार बैठकले उच्च अदालतका अनुभवी न्यायाधीशहरूलाई विशिष्टीकृत अदालतको जिम्मेवारी दिनेदेखि नयाँ जिल्ला न्यायाधीशको पदस्थापन गर्नेसम्मको सिफारिस गरेको छ

बैठकले उच्च अदालत पाटनका न्यायाधीश श्री चन्द्र बहादुर सारुलाई सैनिक विशेष अदालतको अध्यक्ष पदमा तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ त्यसैगरी, काठमाडौँ उपत्यका विकास प्राधिकरणको निर्णय उपर पुनरावेदन सुन्ने समितिको नेतृत्वका लागि उच्च अदालत पाटनकै न्यायाधीश श्री टंकप्रसाद गुरुङलाई सिफारिस गरिएको छ

न्यायिक कार्यसम्पादनलाई थप सक्रिय बनाउन न्यायाधीशहरूको काज सरुवा समेत गरिएको छ जसअन्तर्गत उच्च अदालत विराटनगरकी न्यायाधीश श्री राज्यलक्ष्मी बज्राचार्यलाई अब उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा खटाइएको छ भने उच्च अदालत जनकपुरका न्यायाधीश श्री श्याम कुमार भट्टराईलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा पठाउने निर्णय भएको छ

यसैबीच मार्दै काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार श्री तीर्थराज भट्टराईलाई जिल्ला न्यायाधीश पदमा नियुक्ति गरी कैलाली जिल्ला अदालतमा पदस्थापन गर्न सिफारिस गरिएको छ । यो निर्णयसँगै न्याय परिषदले रिक्त रहेका महत्वपूर्ण पदहरूमा जनशक्ति व्यवस्थापन गर्दै न्याय सेवालाई थप गतिशिल बनाउने लक्ष्य लिएको देखिन्छ।