४ जेष्ठ २०८३, आईतवार

प्रतिनिधिसभा सचिवले लिए शपथ


प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सभामुख सभामुख डोलप्रसाद अर्यालले नवनियुक्त सचिव अधिकारलाई शपथ गराएका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए। सचिव अधिकारीले आजैदेखि कार्यभार पनि सम्हालेका छन्।