४ जेष्ठ २०८३, आईतवार

देउवा दम्पतीविरुद्ध सरकारको कडा घेराबन्दी: ‘रेड नोटिस’ का लागि दोस्रो प्रहार


पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय स्तरमै घेराबन्दी बलियो बनाउन नेपाल प्रहरीले आफ्नो कानुनी कसरतलाई तीव्र पारेको छ। ‘रेड नोटिस’ जारी गराउने पहिलो प्रयासमा प्राविधिक उल्झन व्यहोरेको प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँले फ्रान्सको लियोनस्थित इन्टरपोल महासचिवालयले मागेका सबै ‘सस्पेन्सफुल’ विवरणसहित बिहीबार पुनः दोस्रो पटक पत्राचार गरेको छ।

यसअघि पर्याप्त प्रमाण र कानुनी आधार नपुगेको भन्दै यथास्थितिमा नोटिस जारी गर्न अस्वीकार गरेको इन्टरपोलले देउवा दम्पतीमाथि लागेको कसुरको गहिराइ खोतल्न थप प्रमाण र अदालतका कागजात मागेको थियो। विशेष गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको यो मुद्दामा वित्तीय अपराधबाहेक अन्य फौजदारी वा सम्बद्ध कसुर छ कि छैन भन्नेमा इन्टरपोलले स्पष्टीकरण खोजेको थियो।

प्रहरीले यसपटक इन्टरपोलको चित्त बुझाउन सम्पत्ति शुद्धीकरण विभागको त्यही सनसनीपूर्ण विवरणलाई मुख्य हतियार बनाएको छ, जहाँ देउवा दम्पतीको घरमा जलेको अवस्थामा फेला परेका विदेशी नोटहरूको फरेन्सिक र अनुसन्धान प्रगति समेटिएको

देशको पाँच पटक प्रधानमन्त्री भइसकेका नेता र उनकी पत्नीविरुद्ध अन्तर्राष्ट्रिय स्तरको ‘वान्टेड’ सूची (रेड नोटिस) जारी गराउन नेपालका सुरक्षा निकायले देखाएको यो कडा तत्परताले नेपाली राजनीति र सुरक्षा वृत्तमा ठुलो कम्पन पैदा गरिदिएको छ। अब इन्टरपोलले यो पुरक विवरणलाई सदर गर्छ या पुनः थप प्रमाण माग्छ भन्ने कुराले देउवा दम्पतीको भविष्य तय गर्नेछ।