बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१०, रिठा बजार नजिकै आज एक यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। महेन्द्रनगरबाट यात्रु लिएर गइरहेको सु.प.प्र. ०१ ००१ ख १३५५ नम्बरको बस अचानक ब्रेक फेल भई सडकको बीचमै पल्टिएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली उद्धारमा खटिएको थियो। प्रहरीले सबै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार अस्पताल पुर्याइएका सबै घाइतेहरूको अवस्था अहिले सामान्य रहेको छ।