चितवनमा आइतबारदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले विभिन्न पदको उम्मेदवारी शुल्क र आवश्यक सर्तहरू निर्धारण गरेको छ।
महाधिवेशनबाट चयन हुने १९ जना पदाधिकारी र १५८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन आयोगले तय गरेको नयाँ व्यवस्था यसप्रकार छ:
-
सभापति पद: सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ। यसका साथै उम्मेदवारले १ जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर बुझाउनुपर्नेछ।
-
अन्य पदाधिकारी: अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यसका लागि १ जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर आवश्यक पर्नेछ।
-
केन्द्रीय सदस्य: केन्द्रीय सदस्य पदको उम्मेदवारीका लागि २१ हजार रुपैयाँ शुल्क तय गरिएको छ। यसमा पनि १ जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर अनिवार्य गरिएको छ।
भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुने गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।