८ असार २०८३, आईतवार

रास्वपा र मेरो सपना एउटै हो, हामी प्रतिस्पर्धी होइनौँ: डा. सीके राउत


जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जस्तै आफूले पनि मुलुक रुपान्तरणको साझा सपना देखेको बताएका छन्। रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा आमन्त्रित अतिथिका रूपमा शुभकामना मन्तव्य दिँदै उनले दुवै पार्टीको गन्तव्य र भावना मिल्दोजुल्दो रहेको टिप्पणी गरे।

रास्वपाका नेता-कार्यकर्ताहरूलाई हौसला दिँदै अध्यक्ष राउतले भने, “तपाईंहरूभित्र देश बनाउने जुन दृढ अठोट र समृद्धि ल्याउने चाहना छ, त्यही हुटहुटी मभित्र पनि भएकाले नै आज यहाँ शुभकामना दिन उपस्थित भएको हुँ। जुन सपना आज तपाईंहरूले देखिरहनुभएको छ, कुनै समय त्यही सपना मैले पनि देखेको थिएँ।” सोही क्रममा उनले रास्वपा र जनमत पार्टीबीच कुनै प्रतिस्पर्धा नरहेको प्रष्ट पार्दै आफूहरू सहयात्री बन्न सक्ने संकेत समेत गरे।

ताजा समाचार