पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।
श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो ।
उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।
उनी जनआस्था साप्ताहिका सम्पादक हुन् ।
यस्तै अदालतले पत्रकार किशोर श्रेष्ठको घर तथा अफिसबाट प्रहरीले बरामद गरेका सबै सामान फिर्ता गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय नहकुल सुबेदी र बाबुराम ढकालले ती सामानहरु अदालतका सहरजिष्टारको रोहबरमा पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठलाई फिर्ता दिन भनेका छन् ।
श्रेष्ठलाई पक्राउ गरिएलगत्तै प्रहरीले साउन २७ र २८ गते जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवासमा छापा मारेर कम्युटर, ल्यापटप लगायतका उपकरण बरामद गरेको थियो ।