१७ भाद्र २०८३, मंगलवार

आइतबार सुनको बजारमा भीषण पहिरो: एकैदिन तोलामा घट्यो ९ हजार ५०० रुपैयाँ!


स्थानीय सुनचाँदी बजारमा साताको पहिलो दिन नै ठूलो गिरावट दर्ता भएको छ। शुक्रबारसम्म उच्च विन्दुमा कारोबार भइरहेको सुनको भाउ आइतबार एक्कासि ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारका लागि सुनको मूल्य प्रति तोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिन (शुक्रबार) को तुलनामा तोलामै ९ हजार ५०० रुपैयाँको ठूलो गिरावट हो। गत शुक्रबार प्रति तोला सुन ३ लाख १८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

तोलामा आएको यो गिरावटसँगै १० ग्राम सुनको मूल्यमा पनि ठूलो अन्तर देखिएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ६० रुपैयाँ रहेकोमा आइतबार घटेर २ लाख ६४ हजार ९२० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागमा आएको परिवर्तनका कारण सुनको मूल्यमा यस किसिमको भारी गिरावट आएको व्यापारीहरूको भनाइ छ।