नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य उच्च विन्दुमा पुगेको छ। राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ८८ पैसा र बिक्री दर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ।
यसैगरी युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङको मूल्यमा पनि बढोत्तरी देखिएको छ। आज १ युरोको खरिद दर १७५ रुपैयाँ २९ पैसा र बिक्री दर १७५ रुपैयाँ ९९ पैसा कायम भएको छ भने १ पाउन्ड स्ट्रलिङको खरिद दर २०४ रुपैयाँ ०४ पैसा र बिक्री दर २०४ रुपैयाँ ८५ पैसा पुगेको छ।
गन्तव्य मुलुकका आधारमा खाडी तथा एशियाली मुद्राहरूको मूल्य पनि अद्यावधिक गरिएको छ। कतारी रियाल १ को बिक्री दर ४१ रुपैयाँ ५६ पैसा, साउदी रियाल १ को ४० रुपैयाँ ३४ पैसा र चिनियाँ युआन १ को बिक्री दर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै अष्ट्रेलियन डलरको बिक्री दर १०९ रुपैयाँ ०७ पैसा र जापानी येन १० को बिक्री दर ९ रुपैयाँ ६८ पैसा रहेको छ।