९ पुष २०८१, मंगलवार

महोत्तरी: एनएमबि बैंकबाट लुटिएको रकम १५ लाख कि ३५ लाख? के भन्छ प्रहरी?


गत मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको महोत्तरी बजारमा रहेको एनएमबि शाखामा पेस्तोल देखाएर लुटेराहरुले झन्डै ३५ लाख लुटेको कुरा बाहिरियो ।

झन्डै ४ दिन बितिसक्दा पनि रकम लुट्नेलाइ प्रहरीले पक्राउ गर्न सकेको छैन ।

जिल्ला प्रहरी महोत्तरीले घटनालाई सबै कोणबाट अनुसन्धान गर्ने काम भइरहेको बताएको छ तर अझैसम्म पनि घटनामा दोषीलाई पक्राउ गर्न भने सकेको छैन ।

प्रहरीले लुटेराहरुबाट लुटिएको रकम ३५ लाख नभई १५ लाख १ हजार ४ सय ९३ रुपैयाँ भएको जानकारी प्रहरीले दिएको छ।

प्रहरी चौकीबाट ७ सय मिटरमा रहेको एनएमबि बैंकमा चार जनाको हतियारधारी लुटेरा समूह मंगलबार दिउँसो १२:२५ बजेतीर बैंकका गार्ड पिसाब फेर्न गएको मौकामा बैंक प्रवेश गरेका थिए।

बैंक लुटपाट भएको स्थानबाट भारतीय सिमाना करिब ९-१० किलोमिटरको दूरीमा पर्छ।