रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्कासनको आज साँझसम्म करिब १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।
कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो।