१३ पुष २०८१, शनिबार

काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई कुमारी बैंकले २५ लाख सहयोग गर्ने


कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ ।

काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–७ मा बाल अस्पताल निर्माण गरिरहेको छ। सोही बाल अस्पताल निर्माणका लागि कुमारी बैंकले उक्त सहयोग प्रदान गर्नेे जनाएको छ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच सम्झौता भएको हो ।