१० पुष २०८१, बुधबार

मंगलबार नेप्सेमा हरियाली, यस्तो छ कारोबारको विवरण


मंगलबार शेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको तथ्यांकले देखाएको छ ।

यस्तै मंगलबार कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रू चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै जीवन बीमा समूह दुई सय ७६ दशमलव ६० र निर्जीवन बीमा समूह दुई सय २४ दशमलव ९० अङ्कमा कायम भएको छ ।