प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो ।
बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै नेपालको प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको सुनुवाइ समितिका एक सदस्यले आर्थिक वेभलाई जानकारी दिए ।
कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सुनुवाइ समितिबाट अनुमोदन भएका कार्कीलाई राष्ट्रपतिले नियुक्त गरेर शपथ खुवाउने संवैधानिक प्रावधान छ ।