१४ पुष २०८१, आईतवार

५ अर्बको ऋणपत्र ल्याउँदै कुमारी बैंक, लगानीकर्ताले १० प्रतिशत ब्याज पाउने


कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले नेपाल धितोपत्र बोर्डलाई १० प्रतिशत केबीएलएम डिबेन्चर-२०९० जारी गर्न अनुमति मागेको हो ।

कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ । कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने र २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्ने जनाइएको छ ।

कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।